सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सदनमा सांसदको चिन्ताः ‘विकासका नाममा विनाश बढ्दै गयो’


  •    न्युजभित्तो/१५ असार २०८१, शुक्रबार १४:१५ 
  • काठमाडौँ, १४ असार । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद अनिषा नेपालीले पछिल्लो समयमा विकासको नाममा झन–झन विनास बढ्दै गएको जनाउँदै हिमाली र पहाडी जिल्लामा जथाभावी बाटो निर्माण गर्ने क्रममा महत्वपूर्ण स्थान भत्काउने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।
    सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लाको तामागढी–सिम्रनगण सडक खण्ड सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि जनताले मुआब्जा नपाएको हुँदा तत्काल मुआब्जा वितरण गर्न माग गर्नुभयो ।

    सांसद अजयकुमार चौरसियाले सरकारले ठूला–ठूला परियोजनामा लिएको ऋण तिर्न सक्ने अवस्था नभएको जनाउँदै अबका दिनमा नेपालले विदेशी ऋण लिने गम्भीर बन्न जोड दिनुभयो । सांसद अब्दुल खाँनले भारतबाट आएका पर्यटनको लागि पशुपति क्षेत्रलगायमा व्यवस्थित बसोबासको प्रबन्ध मिलाउनुपर्छ भन्नुभयो ।

    सांसद अमनलाल मोदीले सरकारले ल्याएको स्वाथ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन परियारले कास्की जिल्लालगायतका जिल्लामा भारी वर्षाका कारण भएको बाढीपहिरो पीडितले राहत नपाएको बताउनुभयो । सांसद जुलीकुमारी महतो महासेठले एसइई परीक्षामा ५२ प्रतिशत अनुत्तीर्ण भएको विषयमा सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।
    सांसद टेकबहादुर गुरुङले मनाङ र मुस्ताङलगायतका जिल्लामा विकास निर्माणका काममा ध्यान दिन सरकारलाई अनुरोध गर्नुभयो । सांसद अम्मरबहादुर थापाले गत साल जाजरकोटमा गएको भूकम्पबाट प्रभावित जनतालाई अहिलेसम्म पनि राहात र क्षतिपूर्ति नपाएको बताउनुभयो ।
    सांसद अमरबहादुर रायमाझीले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउनुपर्ने माग गर्नुभयो । सांसद आस्माकुमारी चौधरीले जग्गा खण्डिकरणका कारण खेतीयोग्य जमिनमा क्षति पुगेको जनाउँदै सरकारको धयानाकर्षण गराउनुुभयो ।

    सांसद ईश्वरी घर्तीले वैज्ञानिक तथा उन्नत खेतीको विकास गरी सङ्गठित कृषि बजारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । बैठकमा ईश्वरबहादुर रिजाल, असिम शाह र अर्जुननरसिंह केसीलगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.