सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/११ असार २०८१, सोमबार १५:४२ 
  • काठमाडौँ, १० असार । सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषर्ण गराउनुभएको छ । घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गर्नुभयो । पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उहाँले बताउनुभयो ।

    सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्र्पक समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर बेल्ग्रट पुर्‍याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु ।”

    सांसद सम्झना थपलियाले सिरहालगायत मधेशका अन्य जिल्लामा पछिल्लो समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएको उल्लेख गर्दै तीन महिनादेखि चोरी डकैतीका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “वित्तीय संस्थाको रकम लुटिएको छ, तर एउटा पनि दोषी पक्राउ परेको छैन ।”

    सांसद माधव सापकोटाले हिउँदमा अस्थायी संरचना निर्माण गरिए पनि बर्खामा बाढीले बगाउने गरेको उल्लेख गर्दै नागरिकल ती अस्थायी संरचना बगाएको टुलुटुलु हेर्नुको विकल्प नभएको बताउनुभयो ।

    सङ्घीय संसद्को बैठक आज बिहान ११ बजे सुरु हुने भनिए पनि सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न वार्तामा बसेका कारण निर्धारित समयभन्दा डेढ घण्टापछि मात्रै सुरु भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.