सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४


  •    न्युजभित्तो/११ कार्तिक २०७६, सोमबार २३:५८ 
  • बग्दाद (राससर/सिन्ह्वा) । इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन् ।

    आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन् । मानव अधिकारका लागि इराकी स्वतन्त्र उच्च आयोग (आइएचसीएचआर)का सदस्य अली अल बायतीले यही अक्टोबर २५ देखि २७ सम्म सुरक्षाकर्मी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिनुभयो ।

    मृत्यु भएका मध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीहरुको केन्द्रीय कार्यालयमै आक्रमणको प्रयास गरेका थिए ।

    अल बायातीले प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल ३ हजार ६५४ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेहरुलाई भने अश्रुग्यासको असर धेरै देखिएको छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

    तीन दिने प्रदर्शनको अवधिमा ९० ओटा भवन जलेका छन् भने अरु पनि धेरै घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, साउण्ड बम, लठ्ठी आदि प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले केन्द्रीय राजधानी बग्दादसहित अन्य मुख्य सहरहरुमा पनि प्रदर्शन गरेका थिए ।

    सरकार विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले बिहानैदेखि प्रदर्शन गरेका थिए । उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । बार्सा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन् ।

    उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.