सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रघुजी पन्तको टिप्पणी : मन्त्री एउटा जिल्लाको होइन, देशकै हुन सक्नुपर्छ


  •    न्युजभित्तो/५ असार २०८१, मंगलवार १५:५५ 
  • काठमाडौं, ४ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले मन्त्री र सांसद एउटा निर्वाचन क्षेत्र वा जिल्लाको मात्र नभई सिंगो देशको हुन सक्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल गर्दै उनले भौतिक पूर्वाधार मन्त्रालयमाथि सांसदहरुले उठाएका प्रश्नबारे संक्षिप्त प्रतिक्रियामात्र दिए ।

    मंगलबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि धारणा राख्ने क्रममा सांसदहरुले उपप्रधानमन्त्री रघुवीर महासेठले आफ्नो निर्वाचन क्षेत्र रहेको धनुषा, एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखामा धेरै बजेट विनियोजन गरेको आरोप लगाएका थिए ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त रोष्ट्रममै बजेट पुस्तिका च्यातेर विरोध जनाएका थिए । त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सिंगो कर्णालीमा भन्दा धनुषा जिल्लामा बढी बजेट परेको भन्दै विरोध जनाएका थिए ।

    एमालेका सांसद रघुजी पन्तले आफ्नै दलबाट मन्त्री बनेका महासेठको मन्त्रालयको बजेटबारे धेरै टिप्पणी गर्न चाहेनन् । त्यसबारे संक्षिप्त अघिव्यक्ति दिएका पन्तले भने, ‘मन्त्री एउटा निर्वाचन क्षेत्र र एउटा जिल्लाको मात्र हुँदैन, ऊ सिंगो देशको हुन्छ ।’

    विभिन्न लिंग, जाति, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने र प्रत्यक्ष निर्वाचित सांसदहरु पनि सिंगो देशको हुने भन्दै पन्तले त्यो कुरा उनीहरुले आफ्नो काम र अभिव्यक्तिमा देखाउन सक्नुपर्ने बताए । ‘त्यो यो सिंगो देशलाई बोक्ने ल्याकत देखाउन सकिन्छ कि सकिँदैन त्यो आफूमा भर पर्ने कुरा हो, त्यो तपाईं हाम्रो कामले सांसदको अभिव्यक्तिले र मन्त्रीका कामहरुले ती कुराहरु व्यक्त गर्छ’, उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.