सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री लामिछानेविरुद्धको रिट आज सुनुवाइ नहुने


  •    न्युजभित्तो/५ असार २०८१, मंगलवार १३:३३ 
  • काठमाडौं, ४ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको अनुसन्धान गर्न माग राखी दायर गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ। लामिछानेको नाम जोडिएको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको मिसिल झिकाएर आजका लागि पेसी तोकिएको भए पनि न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हेर्न नमिल्ने भएको सर्वोच्च अदालतले जनाएको छ।

    यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले रुपन्देही जिल्ला अदालतमा विचाराधीन रहेको सुप्रिम सहकारीसम्बन्धी मिसिल झिकाउने आदेश गरेको थियो। त्यसअघि जेठ २० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्की प्रहरीमा रहेको लामिछानेविरुद्धको जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको थियो। तर, उक्त आदेशमा जाहेरीको दर्ता नं फरक परेकाले कास्की प्रहरीले उक्त जाहेरी दर्ता किताबमा नभेटिएको जवाफ पठाएको थियो।

    महान्यायाधिवक्ता कार्यालयले लेखेको लामिछानेलाई ‘क्लिन चिट’ दिने प्रकृतिको पत्रको वैधानिकतामा प्रश्न उठाउँदै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए। उनले गृहमन्त्री लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने माग पनि रिटमा गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.