सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत: सचिव भट्टराई


  •    न्युजभित्तो/३० जेष्ठ २०८१, बुधबार १४:०७ 
  • काठमाडौँ, ३० जेठ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले सडक, पूर्वाधार, पर्यटन, स्वास्थ्य, जलविद्युत् आदि क्षेत्रमा प्राथमिकताका साथ विकास र निर्माण भइरहेको छ भन्नुभयो ।

    उहाँले अझै दूरदराजका जनताका अपेक्षा र चाहनालाई सम्बन्धित सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै गणतान्त्रिक व्यवस्थालाई सबल बनाएर जानुको विकल्प नभएको स्पष्ट गर्नुभयो । उहाँले राससले आयोजना गरेका तस्बिर प्रदर्शनीले गणतन्त्रपछिका विकास निर्माणका उपलब्धिलाई आधारभूतरुपमा प्रस्तुत गरेको बताउनुभयो ।

    सोही अवसरमा नेता भट्टराईले मुलुकका आधिकारिक समाचार समितिका रुपमा रहेको राससको छिमेकी भारत र चीनका साथै संयुक्त राज्य अमेरिकामा आवासीय प्रतिनिधि राख्न आफूहरुले पहल गर्दै आएको जनाउनुभयो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार सङ्कलन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।

    नेता भट्टराईलाई राससका महाप्रबन्धक सिद्धराज राईले भद्रकाली परिसरमा स्वागत गर्दै समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीबारे अवगत गराउनुभएको थियो । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.