सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाँजा उत्पादन खुला गर्न एक महिनाभित्र नियमावली बनाउँछौँः गृहमन्त्री लामिछाने


  •    न्युजभित्तो/२५ जेष्ठ २०८१, शुक्रबार १५:३५ 
  • काठमाडौं, २५ जेठ । गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

    मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर एक महिनाभित्र नै अध्ययन अनुसन्धानका लागि गाँजा उत्पादन खुला गर्न सहजता दिने उनले बताए । “छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको परिपेक्षमा अब हामीले दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन,” उनले भने, “एक महिना भित्र हामी नियमावली बनाउँछौँ ।”

    कानुनमा पनि लेखिएको भन्दै उनले नियमावली बनाएर रिसर्च तत्काल हुने बताए । यसरी अध्ययनका लागि स्वीकृति दिएको विषयमा गृह मन्त्रालयले बाधा नपुर्‍याउने उनको भनाइ छ । अध्ययन अनुसन्धान गर्ने कुरामा गृह मन्त्रालयले नियमावली बनाएर बाटो खोल्ने पनि मन्त्री लामिछानेले बताए । वन मन्त्रालयसँग अलिकति समन्वय आवश्यक पर्ने उनको भनाइ छ । सरकारले नै नीति तथा कार्यक्रममा ल्याएको कुरालाई मन्त्रालयले सहजीकरण गर्ने मन्त्री लामिछानेले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.