सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म पनि सहकारी पीडित हुँ, सहकारी खोल्ने पार्टीका साथीहरूले जति अरूले सताएका छैनन्ः प्रचण्ड


  •    न्युजभित्तो/२५ जेष्ठ २०८१, शुक्रबार १५:३२ 
  • काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि सहकारी पीडित रहेको बताएका छन्।सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारी खोलेर बसेका आफ्नै पार्टीका कार्यकर्ताले हैरान पारेको बताए।

    ‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । उनले भने, किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन्।’उनले सहकारीमा देखिएको समस्या समस्या समाधानका लागि सहकारी प्राधिकरण स्थापना गर्ने तयारी भइरहेको बताए।

    ‘बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ।’ उनले भने, ‘प्राधिकरणभन्दा बाहिर गएर अहिले विद्यमान संरचना भित्रबाट संभव छैन भन्ने लाग्छ।’ सहकारीलाई मूलभुत सिद्धान्तभन्दा बाहिर गएर पुँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई भ्रमित र शोषण गर्ने माध्यमजस्तो बनाएकाले विकृति आउनु स्वभाविक रहेको उनले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.