सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सपथग्रहण समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली भोलि चितवन आउने


  •    न्युजभित्तो/२४ जेष्ठ २०८१, बिहीबार १४:३३ 
  • चितवन, २४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (२५ गते) चितवन आउनु हुने भएको छ । नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नु भएको हो ।

    नवनिर्वाचित सचिव प्रकाश ढुंगानाका अनुसार भोलि भरतपुरको लंकुमा रहेको होटल ग्यालेक्सीमा बिहान ११ बजेबाट कार्यक्रम प्रारम्भ हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ढुंगानाले जानकारी दिनुभयो ।

    कार्यक्रम अनुसार प्रमुख निर्वाचत अधिकृत जगन्नाथ भण्डारीले नवनिर्वाचित अध्यक्ष पाठकलाई सपथग्रहण गराउनु हुनेछ भने अध्यक्ष पाठकले पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराउनु हुनेछ । सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको ढुंगानाले बताउनुभयो । उहाँले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थितिका लागि आव्हान समेत गर्नुभयो ।

    एमाले चितवनको ११ औं अधिवेशन गत १६ गते सम्पन्न भएको थियो । सपथग्रहणसँगै नवनिर्वाचित कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.