सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन जरुरीः राष्ट्रपति पौडेल


  •    न्युजभित्तो/२३ जेष्ठ २०८१, बुधबार १२:०८ 
  • काठमाडौं, २३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।

    विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै लाग्न आग्रह गरेका छन्।

    राष्ट्रपति पौडेलले आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी आग्रह गरे। उनले भने, ‘नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु।’

    ‘विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ’, उनले भनेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
    ‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
    सुनचाँदीको मूल्य आज पनि बढ्यो
    • त्रिसाली मेलामा रमाउँदै यासोक
    • सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    • हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.