सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउनेछ’


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार १६:२४ 
  • काठमाडौँ, २० जेठ । सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउने बताउनुभएको छ ।

    आगामी आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले विगतका बजेट गतिशील नआएको भन्दै आगामी आवका लागि विनियोजित बजेटले अर्थ प्रणालीलाई नै गतिशील र चलायमान बनाउने बताउनुभयो ।

    “असहज अवस्थामा आगामी आवका लागि बजेट विनियोजन भएको छ । यसले अर्थ प्रणालीलाई गतिशीलता दिने र जनतामा बढ्दै गएको निरासालाई हटाउने प्रक्षेपण गरिएको छ”, सांसद पौडेलले भन्नुभयो, “अर्थमन्त्रीले बजेट कार्यान्वयनका लागि सम्बन्धित निकायलाई परिचालन गरेर अगाडि बढ्न आवश्यक छ ।”

    विद्युत् उत्पादन बढ्नु कालोपत्र सडकमा वृद्धि, सबै जिल्लामा सडक सञ्जाल पुग्नु सकारात्मक सन्देश यसले दिन खोजेको उहाँको भनाइ छ । सांसद पौडेलका अनुसार सामाजिक न्यायसहित मौलिक हकको कार्यान्वयन गर्दै समाजवादतर्फ उन्मुख हुनु बजेटको लक्ष्य रहेको छ ।

    “हामी अँध्यारोमा हराएका थियौँ तर अर्थतन्त्र उकास्नका लागि विभिन्न क्षेत्रमा गोरेटो भेटेका छौँ”, पौडेलले भन्नुभयो, “व्यावसायिक वातावरणमा सुधार गर्ने विषय उठाएका थियौँ । कृषिमा लगानीको दशक, भूकम्प पुनःनिर्माण, दिगो वन व्यवस्थापन, शिक्षामा गुणात्मक सुधार, एक वडा एक पार्क, कर प्रणालीमा सुधारलगायत विषय आगामी वर्षको बजेटले समेटेका सकारात्मक सन्देश हुन् ।”

    लामो समयदेखि निर्माण हुन नसकेका अव्यवस्थित पूर्वाधारका योजना निर्माण गर्न बजेटको व्यवस्थापनमा ख्याल गर्नुपर्ने सांसद पौडेलले सुझाव दिनुभयो । “कतिपय पुराना योजना राज्यले लगानी गरिसकेको छ तर बजेट अभावले ठेकदारले बेवारिसे छाडेका छन्”, उहाँले भन्नुभयो, “यस्ता अल्झिएका आयोजनाको अनुगमन गर्नुपर्छ र आयोजना पूरा गर्न अर्थमन्त्रीले ध्यान लिनुपर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
    ‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
    सुनचाँदीको मूल्य आज पनि बढ्यो
    • त्रिसाली मेलामा रमाउँदै यासोक
    • सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    • हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.