सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री लामिछानेले हुकुमी शासन चलाउन खोजे – रामहरि खतिवडा


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार १२:५८ 
  • काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे ।

    आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मिडिया ट्रायल गरेर, ट्वीट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न गरे । उनले यो काम तत्काल बन्द गर्नका लागि रूलिङको माग गरे ।

    “उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,” उनले भने, “मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने रु कुन कानुन र नियममा छ रु यसरी मुलुक चलाउने रु”

    उनले २००७ सालदेखि हुकुमी शासनविरुद्ध लड्दै आएको भन्दै अहिले पनि हुकुमी शासनविरुद्ध आफूहरू रहेको बताए । उनले कानुनी राज्यमा हुकुमी हैन काुननी शासन हुनुपर्ने उल्लेख गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
    ‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
    सुनचाँदीको मूल्य आज पनि बढ्यो
    • त्रिसाली मेलामा रमाउँदै यासोक
    • सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    • हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.