सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

योगी नरहरिनाथ गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको उद्घाटन


  •    न्युजभित्तो/१० कार्तिक २०७६, आईतवार २०:२२ 
  • चितवन । श्रीवागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ ।

    भरतपुर महानगरपालिका–१ मा रहेको गौसंरक्षण केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, आश्रमका प्रमुख संरक्षक योगी शिरीष नाथ, आश्रमका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, केन्द्रका संयोजक रामप्रसाद वस्ती, पूर्वसंयोजक टङ्कनाथ पौडेललगायतले गौसंरक्षणको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

    सो अवसरमा सभापति पोखरेलले स्थानीय समाजसेवी बालगोपाल चुकेले निर्माण गर्नुभएको सचिवालय र लक्ष्मण अर्यालले निर्माण गर्नुभएको भोजनालयको उद्घाटन गर्नुभयो । दुवै संरचना रु पाँच/पाँच लाख खर्च गरेर निर्माण गरिएका हुन् ।

    गौसंरक्षण केन्द्रमा स्थानीय जातका १३६ वटा गाई रहेका छन् । जुरो भएको स्थानीय गाईलाई पूजा गरे साक्षात् लक्ष्मीलाई पूजा गरे सरह हुने भएकाले विभिन्न क्षेत्रबाट बिहानैदेखि पूजाआजाका लागि सर्वसाधारण आएका केन्द्रका संरक्षक निरन्जननाथ योगीले बताउनुभयो । केन्द्रमा गोबर्धन पहाडको निर्माण गरिएको छ । सोही स्थानमा गाईको गहुँतलाई वाष्पीकरण गरी खानयोग्य बनाइएको गौअर्क लिन देशका विभिन्न स्थानबाट मानिस आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.