माधव नेपाल कांग्रेससँग नजाने प्रधानमन्त्री प्रचण्डको दाबी
न्युजभित्तो/१७ जेष्ठ २०८१, बिहीबार १२:३४
विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एस कांग्रेससँगको समीकरणमा नजाने दाबी गरेका छन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले माधव नेपाल एमाले(माओवादीकै गठबन्धनमा रहने बताए । उनले यस विषयमा नेपालसँग आफ्नो कुरा भइरहेको सुनाए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भने, ‘आज बिहानमात्रै पनि मेरो उहाँसँग कुराकानी भएको थियो । कुराकानीका क्रममा नेपालले समीकरणभन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ ।’ प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे ।