नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी, कसले कति मत प्राप्त गरे ?
न्युजभित्तो/१६ जेष्ठ २०८१, बुधबार ०४:०३
चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा श्याम विष्ट विजयी हुनु भएको छ । विष्टले ४०४ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाउनु भयो ।
सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी हुनुभयो । ढुंगानाले ४६६ मत प्राप्त गर्दा उहाँसँगै चुनाव लड्नु भएका पदमपाणी सुवेदीले २२१ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपसचिव खुल्ला तर्फ २४० मत सहित मिनबहादुर परियार र महिला तर्फ ज्वाला पुरी वन ३६६ मतका साथ विजयी हुनुभयो ।

पूर्ण विवरण हेर्न पिडिएफ फाईलमा क्लिक गर्नुहोस्
UML Final PDF