सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाजवादीले महाधिवेशनसम्बन्धी दस्तावेज सबै जिल्ला पठाउँदै


  •    न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार ११:३३ 
  • काठमाडौँ, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ ।

    महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले राससलाई जानकारी दिनुभयो ।

    कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्तावेज तयार पार्नुभएको छ ।

    सम्मानित नेता झलनाथ खनालले देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तरविरोधहरूको विश्लेषण गरी समाजवादी दस्तावेज तयार पार्नुभएको छ ।

    उपाध्यक्ष बेदुराम भुसालले तयार पार्नुभएको विधान दस्तावेजमा प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने, युवा सहभागिता वृद्धि गर्नेलगायतका विषय उल्लेख गरिएको छ । महासचिव घनश्याम भुसालले तयार पार्नुभएको सङ्गठनात्मक दस्तावेजमा पार्टीको देशभरको अवस्था, आगामी कार्यक्रमको रणनीतिबारे प्रष्ट पारिएको छ ।

    चारवटा प्रतिवेदनलाई सबै तहका कमिटीबाट छलफलपछि प्राप्त निष्कर्षका आधारमा त्यसलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो ।

    आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ ।

    पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यको सदस्यता नामावली विवरण अद्यावधिक गरिएको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल
    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
    कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण
    • इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार
    • ‘लालीबजार’ प्रदर्शनमा
    • लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.