सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिका प्रमुख चीनको छोङछिङसहरमा


  •    न्युजभित्तो/११ जेष्ठ २०८१, शुक्रबार १५:२८ 
  • चितवन, ११ जेठ । भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र चीनको छोङछिङसहरका जनसरकारका राजनीतिक परामर्श समितिका पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । चीन भ्रमण रहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग छोङछिङ सहरका सरकार राजनीतिक परामर्श समितिका अध्यक्ष चेङ लिहुवाले भेट गर्नुभएको हो ।

    भेटघाटका क्रममा उहाँहरु बीचमा दुई सहरबीच सुरुआत भएको भगिनी सम्बन्ध, भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षा, कृषि, पर्यटन, हरियाली वातावरणलगायतका क्षेत्रमा सहकार्य र लगानीका सम्भावित क्षेत्रमा कुराकानी भएको जनाइएको छ ।

    सो अवसरमा महानगर प्रमुख दाहालले अध्यक्ष लिहुवालाई भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा भरतपुर भ्रमणको निमन्त्रण दिनुभएको थियो । सो अवसरमा भरतपुर महानगरपालिकाका तर्फबाट उपप्रमुख चित्रसेन अधिकारी, महानगरका कर्मचारी, चीनस्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारीको सहभागिता रहेको भरतपुर महानगरपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.