सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिल्लीको वायुको गुणस्तर थप नाजुक


  •    न्युजभित्तो/८ कार्तिक २०७६, शुक्रबार २३:०८ 
  • नयाँ दिल्ली, (रासस/एएनआई) । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ । तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    स्थानीय समय अनुसार विहान ८.३० मा नयाँ दिल्लीको वायुको गुणस्तरको सूचक (एक्युआई) ३२६ देखिएको थियो । त्यसैगरी धिरपुरको एक्युआई ३५१ भएकाले त्यहाँको अवस्था अझ नराम्रो रहेको विज्ञहरूले बताएका छन् ।

    दिल्ली विश्वविद्यालय आसपासको एक्युआई ३५७ हुदाँ चाँदनीचोकको वायुको एक्युआई ३२५ देखिएको थियो । विज्ञहरूका अनुसार वायुमा एक्युआई शुन्यदेखि ५० सम्म देखिँदा वायुको अवस्था राम्रो मान्न सकिन्छ भने ५१ देखि १०० सम्म एक्युआई देखिँदा सन्तोषजनक मानिन्छ ।

    त्यसैगरी एक्युआईको मात्रा १०१ देखि २०० सम्म देखियो भने सतर्क हुनुपर्ने, २०१ देखि ३०० सम्म देखियो भने कमजोर अवस्था मानिने, ३०१ देखि ४०० सम्म देखियो भने अति कमजोर (खराब) र ४०१ देखि ५०० सम्म देखियो भने संकटपूर्ण अवस्था मानिने विज्ञहरूको भनाई छ ।

    पन्जाब र हरियणा लगायतका छिमेकी राज्यहरुमा नियमितरूपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्लीमा वायुको गुणस्तर खस्किएको उनीहरूले बताएका छन् ।

    वायु प्रदुषण गराउने वस्तु बाल्न निषेध गरिए पनि कृषकहरूले भने बाल्न रोकेका छैनन् । अर्को विकल्प नभएकाले बाल्ने क्रम नरोकिएको कृषकहरुले बताउने गरेका छन् । उनीहरुले वायु प्रदुषण आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनहरुका कारण हुनेगरेको दावी गर्ने गरेका छन् ।

    भारतको मुख्य भूभाग मानिने नयाँ दिल्लीमा दिन प्रतिदिन वायुको गुणस्तर खस्किदै गएको अधिकारीहरूले जनाएका छन् । खस्किएको वायुको गुणस्तर र तापक्रमको बृद्धिको बढी असर बालबालिका र वृद्धवृद्धाहरूमा पर्ने गरेको विज्ञहरूले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.