सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बढ्दै मानव–वन्यजन्तु द्वन्द्वका घटना, तीन महिनामा ६ जनाको ज्यान गयो

"गत आर्थिक वर्षमा ३० जनाको मृत्यु तथा ११८ जना सख्त घाइते भएका थिए "

  •    न्युजभित्तो/८ कार्तिक २०७६, शुक्रबार १५:३२ 
  • भीष्मराज ओझा
    काठमाडौँ । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

    पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको छ ।

    वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चालू आर्थिक वर्षको तीन महीनामा बाघको आक्रमणबाट तीन जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । यसैगरी वन्यजन्तुको आक्रमणबाट सात जना सख्त घाइते, तीन जना सामान्य घाइते र ३३३ पशुधनको क्षति भएको तथ्याङ्क छ ।

    वन्यजन्तुको आक्रमणबाट भएको क्षतिका वापत चालू आर्थिक वर्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक करोड, पाँच लाख ३७ हजार ५ सय ३० रुपैयाँ राहत वितरण गरिसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जङ्गली ब्वाँसो, जङ्गली कुकुर, भालु, हिउँ चितुवालगायत वन्यजन्तुबाट संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो ।

    गत आवमा ३० जनाको मृत्यु

    त्यस्तै गत आर्थिक वर्षमा मुलुकभर वन्यजन्तुको आक्रमणबाट जम्मा ३० जनाको मुत्यु भएको थियो । जसमध्ये हात्तीबाट १५, गैँडाबाट दुई, बाघबाट चार, चितुवाबाट छ, जङ्गली कुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक/एक जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ ।

    उक्त अवधिमा वन्यजन्तुबाट ११८ जना सख्त घाइते र १९ जना सामान्य घाइते भएका थिए भने एक हजार ५ सय ९३ पशुधनको क्षति भएको थियो । सो अवधिमा विभागले वन्यजन्तुबाट भएको क्षतिमा कूल रु आठ करोड ९० लाख ८४ हजार राहत वितरण गरेको थियो ।

    आव २०७३/७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वका कारण २२ जना मानिसको मृत्यु भएको थियो भने आव २०७४/७५ मा करीब एक दर्जन व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ । साथै तस्करले वन्यजन्तुको शिकार गरी विदेश लैजानेक्रम पनि रोकिएको छैन । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी तथ्याङ्क हेर्दा काठमाडौँमा मात्रै रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अङ्गको तस्करीको घटना पनि बढ्दो क्रममा छन् ।

    वन्यजन्तुको आक्रमणबाट मुत्यु भएका व्यक्तिका परिवारलाई रु १० लाख, सामान्य घाइते भएकालाई बढीमा रु २० हजार र सख्त घाइते भएका व्यक्तिलाई रु दुई लाखसम्म राहत दिनुपर्ने कानूनी प्रावधान छ । सख्त घाइतेको हकमा रु दुई लाखले अपुग भएमा उपचारको सम्पूर्ण खर्च विभागले व्यहोर्ने तर उपचार भने सरकारी अस्पतालमा हुनुपर्ने व्यवस्था छ ।

    यसैगरी कृषि बाली क्षतिका सम्बन्धमा बढीमा रु १० हजार (एक मौसममा दुई पटकसम्म), पशुधनको क्षतिमा प्रति ठूला जनावर (गाई, गोरु, भैँसी) को मृत्यु भएमा रु ३० हजार र अन्य साना जनावरको हकमा रु १० हजार राहतस्वरुप दिने गरिएको छ । अन्न भण्डारण क्षति भएमा र घरगोठ क्षति भएमा बढीमा रु १० हजार राहत दिने व्यवस्था रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

    रोकथामका लागि विभिन्न कार्यक्रम

    वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना’मार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । बढी जोखिम देखिएका क्षेत्रमा जनचेतनामूलक कार्यक्रम नियमितरुपमा गरिरहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै विभागले संवेदनशील मानव बसोबास क्षेत्रमा भौतिक पर्खाल, तारबार र अवरोध निर्माण गर्ने, सोलार र विद्युतीय तार राख्ने, ट्रेन्च खन्ने, टावर र मचान बनाएर सूचना दिनेलगायतका कार्य गर्दै आएको छ । हात्तीबाट बढी प्रभावित चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा टावर बनाएर साइरन राखेको तथा बर्दियामा बस्तीमा हात्ती आएको खबर स्थानीय जनताको मोबाइलमा सन्देश आउने व्यवस्थासमेत परीक्षणका रुपमा शुरु गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै समुदायमा आधारित सचेतना कार्यक्रम निरन्तर गरिएको र स्थानीयसँग वन्यजन्तुका आनीबानीसम्बन्धी अनुभव आदानप्रदानसमेत गर्ने गरिएको छ । यसबाहेक विभागले संरक्षण क्षेत्रमा सवारी साधनबाट वन्यजन्तुमाथि हुने क्षतिको अध्ययन र नियन्त्रणका लागि मुख्य राजमार्गका विभिन्न स्थानमा सिसीटिभीसमेत राखेर निगरानी बढाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.