सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन उद्योग संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/७ कार्तिक २०७६, बिहीबार २१:४२ 
  • चितवन । चितवन उद्योग संघले तिहार, नेपाल सम्वत् ११४० र छठ पर्वलगायत २०७६ सालका चाडपर्वहरुको अवसरमा बिहीबार शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

    चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवम् चितवन उद्योग संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश सिंह, प्रतिनिधि सभा सदस्य उमा रेग्मी, पूर्व शिक्षा राज्यमन्त्री एवम् संविधानसभा सदस्य शेषनाथ अधिकारी, पूर्व साँसद एवम् भ्रष्टाचार विरुद्ध अभियान, चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी, प्रदेश नं. ३ प्रदेश सभा सदस्यहरु कृष्ण भूर्तेल, मिलनबाबु श्रेष्ठ र रीना गुरुङ, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठलगायते शुभकामना मन्तव्य राख्नुभएको थियो । अतिथिहरुलाई संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षद्वय त्रिलोचन कँडेल र लक्ष्मणप्रसाद अर्यालले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.