सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनले चुम्यो वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि


  •    न्युजभित्तो/७ कार्तिक २०७६, बिहीबार २०:०४ 
  • काठमाडौँ । चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले रु सात लाख पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु तीन लाख हात पार्यो ।

    चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँ २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रनमा समेटियो । काठमाडौँका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् भने ममता थापा र ईश्वरी विष्टले १३/१३ रन जोडे । काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा सुमन खतिवडा र ऋतु कनोजियाले समान ३/३ विकेट लिए भने रेखा रावलले २ विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् भने कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् ।

    काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले १/१ विकेट लिए । लिगमा चितवन अपराजित रहँदै च्याम्पियन बनेको हो । क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.