सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अतिविपन्न सय परिवारलाई चिनियाँ नागरिकको सहयोग


  •    न्युजभित्तो/७ कार्तिक २०७६, बिहीबार १४:२३ 
  • चितवन । मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न एक सय घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ । प्रतिघर परिवार रु १० हजारको हाराहारीमा सहयोग गरिएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न, नगद तथा लत्ताकपडा वितरण गर्नुभएको थियो । सो अवसरमा उहाँले सहयोगी दाता चाङ र उहाँको परिवारलाई धन्यवाद दिँदै आउँदै गरेको तिहारलाई उल्लासमय बनाउन राहत पाउनेहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चामल, जिरा मसला, घ्यू, साबुन, चिउरा, ब्ल्याङ्केट र प्रतिपरिवार नगद रु तीन हजार गरी रु १० हजार बराबरको राहत सामग्री वितरण गरिएको चाङका नेपाली मित्र सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.