सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लण्डन नजिकै ट्रकभित्र ३९ जना मृत फेला


  •    न्युजभित्तो/६ कार्तिक २०७६, बुधबार २१:१९ 
  • लण्डन । (रासस/एएफपी) बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेका प्रहरीले बुधबार जानकारी गराएको छ । प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ ।

    ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेका प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

    घटनामा सम्लग्नता रहेको आरोपमा उत्तरी आयरल्याण्डका २५ बर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । एसेक्स प्रहरीका प्रमुख सुपरीक्षक एन्ड्रु मारिनरले उक्त घटनाबारे एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “यो निकै दुःखद् घटना हो जसमा एकै स्थलमा ३९ व्यक्तिको मृत शरीर उद्धार गरिएको छ ।”

    “घटनाबारे वास्तविकता खोज्न अनुसन्धान सुरू भइसकेको छ” मारिनरले भन्नुभयो । प्रहरीका अनुसार घटनाबारे स्थानीय एम्बुलेन्सले आफूहरूलाई बिहान १ः४० जानकारी गराएको र प्रहरी तत्काल उक्त स्थानमा पुगेको थियो ।

    मारिनरले भन्नुभयो, “हामीले मृतकको परिचय खुल्नेगरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौँ । तर यो केही लामो हुनसक्नेछ ।” प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ ।

    उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको विश्वास गरिएको छ । प्रहरीले ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको मारिनरले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.