सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी


  •    न्युजभित्तो/१६ माघ २०८०, मंगलवार १३:५३ 
  • काठमाडौं, १६ माघ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ। मन्त्री साउद विरुद्ध बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले जाहेरी दिएका हुन्। सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका विषय हेर्ने मन्त्रालय हो।

    जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कुददीप चन्दले मन्त्री साउद विरुद्ध उजुरी आएको पुष्टि गरे। उजुरी आएपछि छलफलका लागि समेत बोलाइएको र सम्भवत आजै छलफल हुने डीएसपी चन्दले नेपाल लाइभलाई जानकारी दिए।

    उनीहरुबीच लेनदेनको विवाद भएको हुनसक्ने प्रहरीले जनाएको छ। दुवै पक्षबीच लेनदेन हुने गरेको र अहिले सम्बन्ध बिग्रिएपछि उजुरी हालिएको हुन सक्ने प्रहरीले जनाएको छ।

    यता बोहराले भने आफ्नो रकम मन्त्री साउद सापटी लगेको र फिर्ता माग्दा ज्यान मार्ने धम्की आएको बताउँदै जाहेरी दिएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.