सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवाहरूको उत्थानका लागि पाकिस्तानद्वारा ६५ करोड डलरको कार्यक्रम सञ्चालन


  •    न्युजभित्तो/१ कार्तिक २०७६, शुक्रबार २२:३९ 
  • इस्लामावाद, (रासस/सिन्ह्वा) । युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ ।

    ‘सफल युवा (कामयाव नौजवान) कार्यक्रम’ नाम दिइएको उक्त आयोजनाले युवाहरूलाई स्रोत तथा अवसर प्रदान गर्ने सरकारी अधिकारीहरूले बताएका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    कार्यक्रमअन्तर्गत युवाहरूलाई कुनै उद्यम सञ्चालनका लागि ऋण उपलब्ध गराइने, शैक्षिक तथा सीप विकासका अवसर दिइने र युवा वेरोजगारसम्बन्धी समस्यालाई सम्बोधन गरी मुलुकको गरिबी नियन्त्रण र अर्थतन्त्र विकासमा टेवा पुर्याउने बताइएको छ ।

    “कार्यक्रम यूवाहरूलाई आर्थिकरूपमा स्वतन्त्र बनाउन र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई महत्व दिन कोसेढुङ्गा सावित हुनेछ,” पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इश्लामावादमा कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो ।

    उहाँले भन्नुभयो, “कार्यक्रमले उद्यमका लागि युवाहरूलाई विभिन्न तीन तहमा ऋण दिनेछ । ऋण ब्याजरहित, छुट तथा नियमित हुनेछ । यस योजनाले मुलुकका विभिन्न शहर तथा ग्रामिण इलाकामा १०० वटा स्मार्ट प्रयोगशाला निर्माण गरिनेछ र यी प्रयोगशालाले युवाहरूलाई आधुनिक सीप दिनेछ ।”

    “सरकारले शुरूमा विभिन्न २५ हजार व्यक्तिलाई प्रशिक्षण दिने र रोजगारीको ग्यारेन्टी गर्नेछ,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई विकासको मूलधारमा ल्याउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान गराउनका लागि सरकारले ५०० भन्दा बढी सीप प्रयोगशाला स्थापना गर्ने र उनीहरूलाई सीप सिकाउने सरकारले बताएको छ । कार्यक्रमबाट करिब १० लाख युवाहरूले लाभ लिने बताइएको छ ।

    ऋण दिँदा पाकिस्तानको सरकारी सुविधाबाट बञ्चित ४५ जिल्लालाई प्राथमिकता दिइने कार्यक्रमको उद्देश्य रहेको छ ।

    स्थानीय विश्लेषकहरूले युवाको बेरोजगारी समस्या समाधान गर्न र मुलुकमा आर्थिक सुधार ल्याउनका लागि कार्यक्रम प्रभावकारी हुने भन्दै सरकारको प्रशंसा गरेका छन् । कार्यक्रमले युवालाई आर्थिक अभावमा केही गर्न नसक्ने अवस्थाबाट छुटकारा दिलाउने र देशको मुद्रा स्फीति तथा बेरोजगार समस्यामा सहयोगी सिद्ध हुने उनीहरूको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.