सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

३ लाख धरौटीमा छुटे जलहरी प्रकरणका प्रतिवादी थापा


  •    न्युजभित्तो/२ माघ २०८०, मंगलवार १७:१० 
  • काठमाडौं, २ माघ । पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा रिहा भएका छन्। विशेषका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले यस्तो आदेश दिएको हो। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव समेत रहेका थापासहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

    अख्तियारले थापासँगै तत्कालीन सदस्यसचिव प्रदिप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो। एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ बिगो मागदाबी गरी उक्त मुद्दा असोज १४ गते दर्ता भएको थियो। मुद्दा दर्ता भएयता फरार रहेका थापा पुस २५ गते विशेष अदालतमा हाजिर भएका थिए। त्यसदिन विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले ३ लाख धरौटीमा छाडेको सूचना अधिकारी एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। ढकाल र श्रेष्ठ भने अदालतमा हाजिर भएका छैनन्। उनीहरू फरार छन्।

    पशुपतिमा जलहरी राख्दा उनीहरूले १४९१।७१८ ग्राम ९एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम० सुन हिनामिना गरेको अख्तियारको दाबी थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.