काठमाडौ, २९ पुस । चौधरी ग्रुप (सीजी)ले आर्थिक वर्ष २०७९र/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ। ‘यो सरकारको कुल राजस्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो। चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ’, ग्रुपले भनेको छ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ। अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन। ‘राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८र०७९ को तुलनामा चौधरी ग्रुपको राजस्व योगदानमा केही कही आएको छ’, ग्रुपले भनेको छ, ‘उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो।’
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ। राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ।’ उनले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेको बताउँदै त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्ने ग्रुपको विश्वास रहेको बताए।
काठमाडौ, २९ पुस । चौधरी ग्रुप (सीजी)ले आर्थिक वर्ष २०७९र/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ। ‘यो सरकारको कुल राजस्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो। चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ’, ग्रुपले भनेको छ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ।
अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन। ‘राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८र०७९ को तुलनामा चौधरी ग्रुपको राजस्व योगदानमा केही कही आएको छ’, ग्रुपले भनेको छ, ‘उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो।’