गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छः शेखर कोइराला
न्युजभित्तो/२४ पुष २०८०, मंगलवार १३:०१
काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनबाट राष्ट्रिय सभा चुनावमा उम्मेदवारी दर्ता गरेकाहरूलाई जिताउनुपर्ने अभिभारा रहेको बताएका छन् । कांग्रेस नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टीबाट छानिएका सबै उम्मेदवार र सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने अभिभारा रहेको बताएका हुन्।
१९ सिटमध्ये सत्ता गठबन्धनका चार दलले भागबन्डा गरी साझा उम्मेदवार तय गरेका थिए । सोमबार उम्मेदवारी दर्तासमेत भइसकेको छ। कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । ‘पार्टी निर्णयबाट छानिएका सबै उम्मेदवारलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ। सत्ता गठबन्धनमा आबद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ,’ कोइरालाले लेखेका छन्।
उनले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज नभएको पनि बताए।