सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा सदस्यको निर्वाचनमा कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता


  •    न्युजभित्तो/२३ पुष २०८०, सोमबार १३:३० 
  • मोरङ, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

    आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ । सोही क्रममा कांग्रेस नेता सिटौलाले मनोनयनपत्र दर्ता गराउनुभएको हो । झापाको भद्रपुर नगरपालिका–१० का सिटौलाको प्रस्तावकमा प्रदीपकुमार सुनुवार र समर्थकमा हिमाल कार्की रहनुभएको छ ।
    यसैगरी नेकपा (माओवादी केन्द्र)बाट चम्पादेवी कार्कीले मनोनयनपत्र दर्ता गराउनुभएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपायिलका–५ की कार्कीको प्रस्तावकमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र समर्थकमा कुमार खत्री रहनुभएको छ ।

    मनोनयनपत्र दर्ता गर्ने समय आज दिउँसो ३ बजेसम्म रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापा, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

    ‘सहयोग प्राप्त हुने विश्वास’

    कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै उहाँले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

    पार्टीले सर्वसम्मत निर्णय गरेअनुसार आफुले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै नेता सिटौलाले सबै दलबीच समझदारी कायम गरी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन रहनेछ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.