सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गङ्गा दाहाललाई हटाउन खोज्नु प्रधानमन्त्रीलाई असफल बनाउनु होः सल्लाहकार आचार्य


  •    न्युजभित्तो/२० पुष २०८०, शुक्रबार १४:१५ 
  • काठमाडौँ, २० पुस । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको स्वकीय सचिवका रूपमा काम गरिरहनुभएकी उहाँकी छोरी गङ्गा दाहाललाई पदबाट हटाउनु भनेको प्रधानमन्त्रीलाई नै असहयोग गरी उहाँलाई असफल बनाउन खोज्नु हो भन्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्यसमेत रहनुभएकी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएदेखि नै उहाँको स्वकीय सचिवका रूपमा काम गर्नुभएकी उहाँकी छोरीले अहिले प्रधानमन्त्रीलाई सहयोग गरिरहनुभएकाले उहाँलाई हटाउन खोज्नु स्वयम् प्रधानमन्त्रीलाई नै असफल बनाउन खोज्नु हो ।’

    यस विषयमा पार्टी वा सरकारमा कतै कुरा नउठेको भए पनि बाहिरबाट प्रधानमन्त्रीले आफ्नो सचिवालय सदस्यबाट गङ्गा दाहाललाई हटाउनुपर्ने भन्नेजस्ता आवाज आएकाले यसमा कुनै तुक नरहेको आचार्यले स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीका छोरा र श्रीमतीको निधन भएको र उहाँ प्रधानमन्त्रीजस्तो पदीय जिम्मेवारीमा रहँदा नजिकबाट उहाँलाई सहयोग गर्ने पारिवारिक सदस्यका रूपमा गङ्गा नै हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्रीको सहयोगीका रूपमा निरन्तरता दिनु हुँदैन भन्नुको कुनै अर्थ छैन । यो त स्वयम् प्रधानमन्त्रीलाई नै असहयोग गर्नु हो र प्रधानमन्त्रीजीलाई असहयोग गर्नु भनेको असफल बनाउन खोज्नु हो ।’ रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.