सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ: प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/१८ पुष २०८०, बुधबार १३:४९ 
  • काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उहाँले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिने बताउनुभयो । नेपालको दिगो विकासको मूल आधार कृषि नै रहेको उहाँको भनाइ छ ।

    वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोह्रौँ पञ्चवर्षीय योजनामा कृषिको भूमिकालाई प्रतिविम्बित गर्न खोजिएको बताउनुभयो । आफू पनि कृषिको विद्यार्थी भएकाले उहाँले कृषिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । हरित क्रान्तिका निम्ति भारत सरकारको पहल उदारहणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतको उपलब्धि नेपालजस्ता मुलुकले सिक्न लायक रहेको बताउनुभयो । नेपालको सन्दर्भमा उपयुक्त हुने विषय अनुशरण गर्न तयार रहेको उहाँको भनाइ थियो ।

    सो अवसरमा पतञ्जलि योगपीठका महासचिव आचार्य बालकृष्णले दिगो विकासका लागि कृषिको भूमिका सम्बन्धी प्रस्तुति दिँदै कृषि क्षेत्रमा गर्न सकिने कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले दिगो विकासका लागि कृषिमा आधारित काम कसरी गर्न सकिन्छ भन्ने अवधारणा पेस गर्नुभएको थियो ।
    कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रिपरिषद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.