सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री श्रेष्ठद्वारा ४८ घरधुरी पहरी जातिलाई न्यानो सिरक वितरण


  •    न्युजभित्तो/१७ पुष २०८०, मंगलवार १३:३५ 
  • सिन्धुली, १७ पुस । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका ४८ घरधुरी पहरी जातिलाई फाइबर सिरक वितरण गरेका छन् ।

    मन्त्री श्रेष्ठले सोमबार सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं। २ बञ्चरेका सीमान्तकृत पहरी जातिका ४८ घरधुरीलाई प्रति परिवार एक थान फाइबर सिरक वितरण गरेका हुन् । उनले एक औपचारिक कार्यक्रमका बिचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाइवा समेतको उपस्थितिमा सिरक हस्तान्तरण गरेका छन् ।

    सिरक हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले सीमान्तकृत जातिहरुलाई सीप सिकाउने र उत्पादनमा जोड्ने काम गर्ने बताए । उनले सीमान्तकृत जाति बसोबास गरिरहेका स्थानमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने पनि बताए । त्यस्तै, पहरीको भाषा र संस्कृति संरक्षण तथा सम्बद्र्धनका लागि पनि प्रदेश सरकारले काम गर्ने उनको भनाई छ ।

    चिसोको समयमा न्यानो सिरक पाएपछि स्थानीय सिर्जना पहरीले आफ्नो परिवारमा ९ जना सदस्य रहेको र सिरक अपुग रहेको अवस्थामा सरकारले न्यानो सिरक दिएकोप्रति खुशी व्यक्त गरिन् । त्यस्तै, स्थानीय जगत पहरीले सरकारले न्यानो कपडा दिदाँ आफुहरुको जिवन तातो हुने बताए ।

    मन्त्री श्रेष्ठले यस अघि मकवानपुर जिल्लाका बनकरिया जाति, सिन्धुली जिल्लाका लोपोन्मुख हायु जाति र थामी जातिलाई पनि न्यानो सिरक वितरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.