सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केपी ओलीको राजावादीलाई प्रश्न: सिक्किममा राजा हुदा देश बचेन, भ्रममा नपरौं


  •    न्युजभित्तो/१६ पुष २०८०, सोमबार १६:४६ 
  • काठमाडौं, १६ पुस । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले सिक्किममा राजा हुँदाहुँदै भारतमा विलय भएको देखाउँदै राजावादीहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

    ४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नागरिक सर्वोच्चता छाडेर व्यक्तिको सर्वोच्चता सचेत मानिसले नमान्ने बताए ।

    उनले जन्मँदै राजा हुने प्रथा अन्धविश्वासको पराकाष्ठा भएको टिप्पणी गरे। ‘कसैकसैले राजा भयो भने राष्ट्रियता बलियो हुन्छ भनेको पनि सुनिन्छ,’ अध्यक्ष ओलीले भने, ‘भारतमा लगभग ५६५ रजौटा थिए । ५६५ रजौटा कायम हुनुपर्थ्यो नि, ती राज्य कायम हुनुपर्थ्यो नि १ राजासहितको स्वतन्त्र देश थियो सिक्किम, राजा त थिए त त्यहाँ ? राजा हुँदा देश बँच्दो रहेछ त ?’ उनले देश जनताले बचाउने हो कि राजाले हो भन्दै प्रश्न पनि गरे।

    ‘जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त तथ्यले पुष्टि गर्न नसक्ने सिद्धान्त हो । कुनै तर्कमा आधारित नभएको तर्कहीन पाखण्डी सिद्धान्त हो,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.