सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्जयानी चिन्ह


  •    न्युजभित्तो/१६ पुष २०८०, सोमबार १४:५१ 
  • चितवन, १६ पुस । भरतपुर महानगरपालिकाले नगर प्रहरी नायब उपरीक्षकसहित २८ जनालाई दर्जयानी चिन्ह प्रदान गरेको छ ।

    आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रकुमार रानाले २८ जना नगर प्रहरीलाई संयुक्तरुपमा दर्जयानी प्रदान गरेका हुन् ।

    महानगरको नगर प्रहरीको कमाण्ड नगर प्रहरी नायव उपरीक्षक हरि कृष्ण ढकालले सम्हालेका छन् । नेपाली सेनाको प्रमुख सेनानीबाट अवकाश पाएका ढकालले भरतपुर महानगर प्रहरीमा प्रवेश गरेका हुन् । दर्ज्यानी चिन्ह ग्रहण गरेसँगै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै ढकालले मध्य नेपाल सभ्य, सुन्दर र सुसंस्कृत भरतपुर महानगर बनाउने अभियानमा प्रतिबद्ध रहेको बताए ।

    नगर प्रहरीले गर्नुपर्ने महानगरपालिकामा देखिएका प्रमुख समस्यालाई समधान गर्न नगर प्रहरी कुनै पनि त्रास बिना अगाडि बढ्ने उनको भनाइ छ । गत असोज १४ गते नगर प्रहरी नयाब उपरीक्षकसहित ३० जना नगर प्रहरी माग गरेको थियो । ३० जना माग भएकोमा २८ जनामात्रै छनोट भएका छन् । महानगरमा भइरहेको सहरीकरणसँगै महानगरपालिकाभित्र नगर प्रहरीले गर्नुपर्ने काम वृद्धि भएपछि आवेदन माग गरेको थियो ।

    महानगरपालिकामा नयाँ २८ जना नगर प्रहरी थप भएसँगै नगर प्रहरीको संख्या ८३ जना पुगेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए ।

    नगर प्रहरीको संख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यकरणलगायतका कामहरु अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ ।

    नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गर्ने गराउने, सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.