सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको हो : मुख्यमन्त्री जम्कट्टेल


  •    न्युजभित्तो/१२ पुष २०८०, बिहीबार १३:३८ 
  • हेटौँडा, १२ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका छन् । आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, “जनतामा शिक्षाको, स्वास्थ्यको, रोजगारको, विकासको चेतना सङ्घीयताले दिएको हो ।” सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उनको भनाइ छ । उनले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए ।

    कार्यक्रममा गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनताले तीन तहको सरकारको अनुभूति गर्न नसकेका कारण अधिकार बाँडफाँटसँगै अक्षरशः कार्यान्वयनमा तत्कालै लैजान आवश्यक रहेको बताइन् । उनले प्रदेश र स्थानीय तह एक भएर संविधानलाई कार्यान्वयनमा लैजाँदा विकास र उत्साहको मूल फुट्ने जनाउनुभयो । यसका साथै उनले सरकारलाई सिक्दैछु भन्ने छुट नभएकाले समन्वयको आवश्यकता रहेको बताइन् ।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका नगरपालिका महासङ्घ नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले अब सरकारले प्राप्त अधिकार कार्यान्वयन गर्दा सङ्घीयताको मूल मर्म जोगिने बताए । सङ्घीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुँदा समृद्ध राज्य निर्माण हुने उहाँले जानकारी दिए । तीन तहको सरकार एकअर्कामा गुनासो गर्दै बस्दा त्यसको असर राज्यमा पर्ने भएकाले समन्वय गरेर तत्काल कार्यान्वयनमा लानुपर्ने उनको भनाइ छ । अबको तीन दिनको छलफलले तहगत अधिकार कार्यविस्तृतीकरणको विषय टुङ्गोमा पुग्ने कारण यसलाई महत्वका साथ हेरिएको ढुङ्गानाले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.