सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने


  •    न्युजभित्तो/८ पुष २०८०, आईतवार १६:२८ 
  • पोखरा, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापति लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । सन्तोषले प्रहरीसँगको बयानका क्रममा आफूले नियतवश रविलाई खोया नहानेको बताएका छन् । कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार रानाभाटले आफू सूर्यदर्शन सहकारीको बचतकर्ता नरहेको पनि बताएका छन् । रविले शनिबार कार्यक्रममा नै उनलाई पक्राउ नगर्न र छाड्न आग्रह गरेका थिए ।

    उनले भनेका थिए, “पूर्वगृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नू, मगमग बसाउने फूलको थुंगा दिएर घर पठाइदिनू ।” तर, प्रहरीले उनलाई समय लिएर अनुसन्धान गर्न लागेको हो । खोया फालिसकेपछि सन्तोषमाथि रास्वपाकै कार्यकर्ताले प्रहरीकै अगाडि कुटपिटसमेत गरेका थिए । उजुरी नपरे पनि घटनाको कारणबारे प्रहरीले अनुसन्धान गर्न लागेको हो ।

    रास्वपाले पनि एक विज्ञप्ति जारी गर्दै पोखरा घटनाबारे प्रतिक्रिया जनाएको छ । प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उद्धृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् ।” तर, केही मिडियाले दुरासयपूर्ण तरिकाले चरित्र हत्न्या गर्ने गरी समाचार लेखेको रास्वपाको आरोप छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.