सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद पुनर्गठनको तयारीमा


  •    न्युजभित्तो/६ पुष २०८०, शुक्रबार १२:२० 
  • काठमाडौं, ६ पुस। प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू परिवर्तन गर्न सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग आवश्यक छलफल गरिसकेका छन् ।

    माओवादी केन्द्रबाट गएका सबै मन्त्रीहरु फेर्न तयार रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग पनि सवै मन्त्रीहरु फेर्नुपर्ने सर्त राखेका छन् । कांग्रेसमा भने संस्थापन पक्षका देउवानिकट कतिपय मन्त्रीहरु कायम राख्ने भनाइ आएपछि गृहकार्य केही समयका लागि पछि सरेको हो ।

    प्रधानमन्त्री प्रचण्डले शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै अर्को क्रम भङ्ग गर्ने बताएका छन् । प्रधानमन्त्रीले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको भन्दै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गरेका हुन् ।

    उनले जनताले महसुस गर्ने गरी आफ्नो सरकारले काम गर्ने दाबी गरे । तर क्रमभंगअन्तर्गत के हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले खुलाएनन् । प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.