सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न अध्यक्ष थापाको माग


  •    न्युजभित्तो/५ पुष २०८०, बिहीबार ११:१४ 
  • काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

    आज बिहीबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

    मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएसंगै उनको सामाजिक संजालमा चौतर्फी आलोचना सुरु भएको छ । मन्त्री किरातीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ ।

    थापाले मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा जोड दिंदै पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानुनबमोजिम कारबाही गर्न पनि थापाले माग गरेका छन् ।

    थापाले एक्समा लेखेका छन्, “क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्” भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ। प्रम २अmउचबअजबलमब २एः-लभउब-को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.