एमालेका स्थानीय नेता कोहारको सडक दुर्घटनामा मृत्यु
न्युजभित्तो/१ पुष २०८०, आईतवार १५:२७
नवलपरासी, १ पुस । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उहाँको मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।
अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
नवलपरासी, १ पुस । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उहाँको मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।
अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
रासस