सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार फेरबदलको कुरा भएको छैन: महामन्त्री शर्मा


  •    न्युजभित्तो/१९ मंसिर २०८०, मंगलवार १२:३३ 
  • बाजुरा, १९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताउनुभएको हो ।

    महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाइ थियो ।

    सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाउनुभयो ।

    पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै उहाँले महासमितिको अधिवेशनमा नेतृत्वको लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले भन्नुभयो, “मिसन ८४ का लागि।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.