सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगरे हुन्छ : अध्यक्ष नेपाल


  •    न्युजभित्तो/१२ मंसिर २०८०, मंगलवार ११:२४ 
  • सुर्खेत, १२ मंसिर । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको बताए ।

    उनले भने, ‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्‍यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो।’

    देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गरे । अर्थतन्त्र ठिकठाक छ भन्ने र श्रीलंकानै बन्न लाग्यो भन्ने दुवै कुराहरू गलत भएको नेपालको भनाइ थियो ।

    ‘पैसाजति जग्गा जमिनमा लगाएको देखिन्छ। अर्कोतर्फ सरकारी काम गरेको रकम पनि सरकारले दिन सकिरहेको छैन। सबै कुराको इस्यु बनाएर राजनैतिक आन्दोलन अगाडि बढाइरहेका छन्’, नेपालले भने, ‘ऋण लिएर तिर्दैन भन्न मिल्दैन । यस्ता खालका गलत कुराहरू उठाए हराइसकेको, इतिहास भइसकेको राजतन्त्र संस्थालाई बुत्याउने कुरा गलत हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.