सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक: सांसद गगन थापा


  •    न्युजभित्तो/११ मंसिर २०८०, सोमबार १७:०३ 
  • काठमाडौँ, ११ मंसिर । सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।
    उहाँले संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गराउनका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइए पनि सफल हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री तथा उच्च तहमा स्वास्थ्य बीमाबारे छलफल नहुँदा अलपत्र परेको उहाँको भनाइ छ ।

    हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको थियो । “स्वास्थ्य बीमा राजनीतिक कुरा हो । राजनीतिक दलको नेताले मेरो नागरिकलाई संविधानमा लेखेअनुसार स्वास्थ्य सेवा पु¥याउँछु भन्नुपर्दछ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्री तथा हाम्रा राजनीतिक दलका नेताबीच स्वास्थ्य बीमाका बारेमा छलफल भएको मलाई थाहा छैन । त्यसैले स्वास्थ्य बीमा अलपत्र परेको छ ।” स्वास्थ्य बीमासम्बन्धी कानुनलाई आवश्यक संशोधन गर्दै लगेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
    सांसद प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यान्वयन गर्नसके संविधानअनुसार नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य सेवा र प्रणालीमा सुधारको खाँचो रहेको उल्लेख गर्दै सामाजिक सुरक्षाका नाममा पैसा गइरहेकाले एकद्वारमार्फत स्वास्थ्यमा खर्च गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेर नै बजेट बनाएको बताउनुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र बीमालाई व्यवस्थित गर्ने कुरामा गृहकार्य भइरहेको बताउनुभयो ।
    स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले संविधानले सुनिश्चित गरेअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपचार गराउन नसकेको बताउनुभयो । उहाँले जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो ।
    “नागरिकलाई आधारभूत स्वास्थ्य सेवा व्यवस्थित गर्न उपलब्ध गराउन नसकेका कारणले र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेनौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम सफल हुन सकेन ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.