सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुसमा बस्ने कार्यसमिति बैठकले आन्दोलनबारे निर्णय लिन्छः राप्रपा प्रवक्ता मोहन


  •    न्युजभित्तो/१० मंसिर २०८०, आईतवार १२:५४ 
  • काठमाडौँ, १० मङ्सिर । राप्रपा केन्द्रीय कार्यसमिति बैठक पुस १, २ र ३ गते बस्दैछ । यसअघि मंसिरमै बस्ने भनिएको बैठक पूर्वराजाको झापामा कार्यक्रम तय भएपछि पुसमा सारिएको हो । उक्त बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । तर, पुस १, २ र ३ गते बस्ने कार्यसमिति बैठकले आन्दोलनबारे निर्णय लिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठ बताए ।

    उनले सबै राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याएर गणतन्त्र ढाल्ने गरी आन्दोलनमा जान राप्रपा आन्तरिक तयारीमा रहेको बताउँछन् । पार्टीको आउँदो केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा घनिभूत छलफल गर्ने उनको भनाइ हो ।

    ‘ढिलो चाँडो सबै राजावादी शक्तिहरू एक ठाउँमा आउँछन् र त्यसमा राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकपछि हामी ठोस निष्कर्षमा पुग्छौँ ।’

    यो मुद्दा अब गणतन्त्रवादी दलहरूले पन्छाउन नसक्ने गरी बलियो भइसकेको श्रेष्ठले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.