सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्धार, राहत र पुनःनिर्माणका लागि सरकारलाई कांग्रेसको सुझाव


  •    न्युजभित्तो/२१ कार्तिक २०८०, मंगलवार १४:२४ 
  • काठमाडौँ, २१ कात्तिक । नेपाली कांग्रेसले सरकारलाई भूकम्पपश्चात् राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पदाधिकारीसहितको कांग्रेस प्रतिनिधिमण्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि तत्कालीन र अल्पकालीन उपाय अपनाउन सुझाव दिएको हो ।

    पार्टीले भूकम्पलगत्तै सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसासमेत गरेको छ । जाजरकोट केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो जनधनको क्षति भएको छ । तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनःनिर्माणका काम नौ बुँदामा सरकारलाई सुझाव दिइएको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री दाहाललाई सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।

    राहत, उद्धार र पुनःस्थापनाको कार्यमा एकद्वार प्रणालीमार्फत प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर सङ्घीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने पनि सुझाउनाका साथै कांग्रेसले भूकम्पपीडितलाई राहतस्वरुप यसअघि घोषणा गरेको रु ५० लाखको चेक पनि हस्तान्तरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.