सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डजी चीन भ्रमण सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैनः ओली


  •    न्युजभित्तो/१७ आश्विन २०८०, बुधबार १३:२४ 
  • विराटनगर, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् ।

    उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’

    ओलीले देशमा काँग्रेसको बोल्ने हविगत नै नभएको पनि बताए । ‘देशमा काँग्रेस कहाँ छ । घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा काँग्रेसका नेताहरू । राजनीतिक गर्ने पार्टीले बोल्नु पर्थ्यो । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन’ उनले भने ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ ओलीले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.