सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छः उपप्रधानमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१४ आश्विन २०८०, आईतवार १३:४० 
  • काठमाडौँ, १४ असोज। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उहाँले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताउनुभयो ।
    “यति समयमा गन्तव्यमा पुग्छौँ भन्ने अनुमानलाई सिद्ध बनाउन सक्नु हामी सबैको जिम्मेवारी हो”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “सडक जामले मानिस समयमा काममा नपुग्ने, जामको बहाना देखाउने, दुर्घटनाबाट धेरै क्षति हुने भएकाले सडक गुणस्तरको समस्यालाई सबै मिली समाधान गर्नुपर्छ ।” उहाँले सडक ट्राफिक लाइटको वैज्ञानिक प्रयोग गर्ने र ट्राफिक प्रहरीलाई थप ‘इन्सेन्टिभ’ दिनेबारे पनि छलफल चलिरहेको बताउनुभयो ।
    सडक दुर्घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पछिल्लो १० वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भयावह देखिएको बताउनुभयो । “सडक दुर्घटनाबाट हुने दुःखद् स्थितिको अन्त्य गर्नु, त्यसलाई प्रभावकारीरुपमा न्यूनीकरण गर्न सचेत पहलकदमी गर्नु सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो । सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभएको जनाउँदै गृहमन्त्री श्रेष्ठले सडकको गुणस्तर, क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र आमनागरिकको चेतना तथा आचरण दुर्घटनाका कारण बन्दै आएको बताउनुभयो ।
    प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यकाको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षबीच सहकार्य अभिवृद्धि गरी आमनागरिकमा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । बढ्दो सरहरीकण, जनघनत्वका आधारमा सवारी पूर्वाधारको अभाव, सवारी साधनको तीव्र वृद्धि, मानवीय, वातावरणीय र यान्त्रिकलगायत कारणले सडक दुर्घटना बढेको उहाँको भनाइ थियो । “प्रहरीले आगामी दुई वर्षको कार्ययोजनामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाइ प्रणालीगत सुधार गर्ने योजना तर्जुमा गरेको छ”, उहाँले भन्नुभयो ।
    वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँमा सार्वजनिक यातायातको विकासबिना जनताले सुख नपाउने उल्लेख गर्दै सार्वजनिक यातायातमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडाँै उपत्यकाको साँघुरा सडक, अव्यवस्थित पार्किङ, सवारीसाधनको अत्यधिक चापका बाबजुद पनि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गरिरहेको बताउनुभयो ।
    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राजधानीमा सुरक्षितरुपमा विरोध प्रदर्शन गर्ने स्थान नतोकिँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरका सडक पूर्वाधार निर्माणमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
    काठमाडौँ महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यातायात क्षेत्र सुधारका लागि काठमाडौँ महानगरपालिकाले रू ३४ करोड विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले सडक सुरक्षालाई प्रभावकारी बनाउन तथा दुर्घटना न्यूनीकरणका लागि प्रत्येक व्यक्तिले प्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
    यातायात व्यवस्थापन विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सवारी दुर्घटना न्यूनीकरण गर्न चालक, प्रयोगकर्तालगायतमा सचेतनाको खाँचो रहेको बताउनुभयो । सवारी व्यवस्थापन गर्न प्रदेश सरकार, स्थानीय तहसँग समन्वय गरेर विभागले काम गरिरहेको उहाँको भनाइ थियो ।
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । दुर्घटना कम गराउन सवारी चालक तथा मजदुरलाई ट्राफिक सचेतना र तालिमको व्यवस्था गर्नुपर्ने भन्दै सडक पूर्वाधार सुधारमा सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन कार्य सम्भव नहुने हुँदा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाहले मात्रै सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्भव हुने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.