कांग्रेसले बोलायो संसदीय दलको बैठक, शिक्षा विधेयकबारे छलफल गर्ने
न्युजभित्तो/५ आश्विन २०८०, शुक्रबार १७:०१
काठमाडौं,५ असोज। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। असोज ८ र ९ गते बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलको बैठक बोलाइएकोबारे आज बसेको केन्द्रीय समितिमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्।
बैठकमा प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल हुने बताइएको छ। संसदसँग सम्बन्धित अन्य समसामयिक विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ।
प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताए। उनीहरूको जायज माग पूरा गर्ने सम्बन्धमा कांग्रेसले सक्दो भूमिका खेल्ने पनि उनले बताए।
कांग्रेस केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनको विषय जोडतोडले उठेको छ। बिहीबारको बैठकमा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए।
महामन्त्री गगन थापाले शिक्षकहरूको आन्दोलन रोक्नुपर्ने बताउँदै त्यसका लागि शिक्षा विधेयक संसोधन गर्नपनि तयार हुनुपर्ने बताएका थिए। यी सबै विषयमा छलफर र निर्णय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठक नयाँ बानेश्वरमा बस्नेछ।