सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन


  •    न्युजभित्तो/५ आश्विन २०८०, शुक्रबार १५:१० 
  • काठमाडौँ,५ आश्विन। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।

    विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् ।

    कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    रक्षा मन्त्रालयमा आज बिहान उनले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका थिए ।

    आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.