सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधानअनुसार बन्न बाँकी कानूनको यथाशीघ्र तर्जुमा गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह


  •    न्युजभित्तो/३ आश्विन २०८०, बुधबार १३:१६ 
  • काठमाडौँ,३ आश्विन। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानूनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

    संविधान दिवस, २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सनाले लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने अवसर पाएकाले संविधान राज्यको मूल कानून भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समवन्यायिक वितरण गर्नतर्फ ध्यान जानु जरुरी रहेको उल्लेख गरेका छन् ।

    “अहिले जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै अराजकता मच्चाउने र धमिलो पानीमा माछा मार्न खोज्ने पक्षले यसलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रुपमा प्रयोग गर्ने कोशिस गरिरहेका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अहिले रहेको छ भने अबका दिनमा हाम्रा प्रयास शासन व्यवस्था सुदृढ र संस्थागत गर्दै सुशासन कायम गर्नतर्फ केन्द्रित हुनुपर्दछ”, अध्यक्ष तिमिल्सनाको सन्देशमा भनिएको छ ।

    संविधान जारी भएको आठ वर्षको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले तुरुन्त आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न नपाएकाले जनाउँदै सन्देशमा संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्नसकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराएका हुन् ।

    “अहिले पनि संविधानअनुसार बन्नुपर्ने धेरै कानूनहरु बनाउन नसक्दा मुलुकले अङ्गीकार गरेको सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहयुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनमा समेत कठिनाइ भइरहेका छन्”, उनले भनेका छन्, “संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.