सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव


  •    न्युजभित्तो/९ भाद्र २०८३, मंगलवार १७:५२ 
  • काठमाडौँ, ९ भदौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले विद्यमान श्रम ऐन संशोधन गरेपछि धेरै श्रमिकका समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विदेशी मात्रै होइन, देशभित्र कार्यरत घरेलु श्रमिकको समेत अवस्था जोखिमपूर्ण भएकाले यसलाई व्यवस्थापन गरिने बताउनुभयो ।

    समितिको बैठकमा ‘आउटसोर्सिङ’ का माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल’ गरिएको थियो । सभापति रहबर अन्सारीले श्रमिकको अधिकार र श्रम आउटसोर्सिङको विकृति हटाउन समिति संवेदनशील रहेको सुनाउनुभयो । उहाँले सार्वजनिक तथा निजी दुवै क्षेत्रमा खरिद ऐनको सहारा लिएर श्रम ‘आउटसोर्सिङ’ गर्ने र श्रमिकको अधिकार खोस्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । साथै उहाँले कुनै पनि निकायले श्रम ‘आउटसोर्सिङ’ का नाममा श्रमिकप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने बताउनुभयो ।

    बैठकमा सांसद क्षीतिज थेवेले वैदेशिक रोजगारमा गएका घरेलु कामदारको स्थिति नाजुक बन्दै गएकाले समितिले एक पटक कतार, कुवेत, युएइलगायत देशमा अवस्था अनुगमन गर्नुपर्ने प्रस्ताव राख्नुभयो । प्रत्यक्ष अवलोकन गरेर समस्या पत्ता लगाइ समाधान निकाल्न सहज हुने उहाँको धारणा छ ।

    सांसद रञ्जु न्यौपानेले ‘आउटसोर्सिङ’ कम्पनीमा काम गर्ने श्रमिकमाथि भइरहेको श्रम शोषण हटाउनुपर्ने बताउनुभयो । उहाँले तथ्याङ्क सङ्कलन गरी अध्ययन प्रतिवेदन तयार गर्न विज्ञ समिति गठन गर्न समितिलाई सुझाव दिनुभयो । उहाँले श्रम ऐनमा श्रमिकको अधिकारलाई केन्द्रमा राखेर मस्यौदा तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

    सांसद प्रकाशसिंह कार्कीले घरेलु श्रमिकको पारिश्रमिकसँगै कार्यस्थगत सुरक्षाको राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । सांसद सोम शर्माले श्रमिकको पक्षमा कानुन निर्माण गर्ने र कम्पनीलाई जवाफदेही बनाउने नीति ल्याउन जोड दिनुभयो ।

    सांसद मातृकाप्रसाद यादव, बुद्धिप्रसाद पन्त, अरविन्द साह, कालीबहादुर सहकारी, सिर्जना श्रेष्ठलगायत श्रमिकको अधिकार संरक्षणका पक्षमा धारणा राख्नुभएको थियो । रँसस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.